सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध


बझाङ : सडकमाथिबाट खसेको सुख्खा पहिरोले जयपृथ्वी राजमार्ग शनिबार बिहानैदेखि अवरुद्ध भएको छ । जयपृथ्वी राजमार्गअन्तरर्गत छबिसपाथिभेरा गाउँपालिका–१ बालुवाटार ९सुङ्गाल्ना० नजिकै सुख्खा पहिरो खस्दा यातायात सेवा अवरुद्ध भएको हो ।

पहिरोका कारण बझाङ सदरमुकाम चैनपुरसँगको सम्पर्क बिच्छेद भएको छ । शनिबार बिहानैदेखि सदरमुकाम चैनपुरबाट छुटेका यात्रुबाहक बस, मालबाहक ट्रक र जीपहरु रोकिएको प्रहरीले जनाएको छ ।

अवरुद्ध सडक खुलाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताए । सडक डिभिजन कार्यालय बैतडीको डोजर परिचालन गरि सडक खुलाउने अधिकारी अर्यालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0