प्रदेश कमिटी सदस्य रावलद्धारा एमाले परित्याग


अत्तरिया : नेकपा एमालेका प्रदेश कमिटी सदस्य मान बहादुर रावलले पार्टी परित्याग गरेका छन् । आज एक बिज्ञप्त्ती जारी गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन ।

उनले नेकपा एमालेको संस्थापक भएर जिल्ला कमिटी सदस्य भए देखि जिम्मेवारी सहित लामो समय सम्म पार्टीमा निरन्तर ईमानदारीतापुर्वक संघर्षरत रहँदा र संगठन निर्माण गर्दा गर्दै आफ्नो पुरा समय पार्टीमा समर्पण गरेको बताएका छन् ।पार्टी ले आफुलाई उचित जिम्मेवारी दिने कुरो मा जहिले पनि हेपाह र फरक पाएको बिज्ञप्तिमा मार्फत बताएका छन् ।

इमान्दारलाई पाखा लगाइ चाप्लुसी र गुटबन्दी गर्नेहरुलाइ पार्टीमा सर्वोपरी बनाएको भन्दै रावलले बिज्ञप्तिमा असन्तुष्ट पोखेका छन् । पटक पटक पार्टीको हितको लागि काम गर्दै आउँदै पार्टीले आफु माथि अन्याय गरेको पनि उनले बिज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनले विज्ञप्तिमा लेखेका छन्, ‘बिगत ४० बर्ष विद्यार्थीकालदेखि हालसम्म कुनै लाभ नलिएर समर्पित भइ निर्माण गरेको संगठन , अब्बल र श्रेष्ठ पार्टी बनाउन बगाएको खुनपसिना र मेहेनत पार्टी बिभाजन हुँदा सधै मुल पार्टी र नेतृत्वको साथमा चट्टान सरी उभिएर दिएको साथ र सहयोग पार्टीमा न्यूनतम न्याय मुल्यांकन निति र बिधि स्थापना हुने सम्भावना समेत नदेखिएपछि अन्याय र अपमानित हुँदा सहेर लाचार भएर बस्नु भनेको कायर्ता हो , जो मार्क्सवादीलेस्विकार्दैन , तसर्थ यो पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।’

साथै ‘अत्यन्तै दुःखका साथ आजका मितिबाट लागु हुने गरी नेकपा एमालेको प्रदेश कमिटि र पार्टीको सम्पुर्ण जिम्मेवारीबाट राजीनामा दिइ पार्टी परित्याग गरेको जानकारी गराउदछु विज्ञप्तिमा भनिएको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0