प्रधानमन्त्री देउवाविरूद्ध डडेल्धुरामा ढकालद्धारा स्वतन्त्र उम्मेदवारी दर्ता


डडेल्धुरा : प्रतिनिधि सभाको निर्वाचन लड्न डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध स्वतन्त्र उम्मेदवार सागर ढकालले उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्।

उनले डडेल्धुराका जनताले आफूलाई नातावाद नहेरेर देश र विकासका लागि जिताउने विश्वास व्यक्त गरे।

दुई दिन भोकै व्रत बसेर देशका लागि संकल्प गर्ने तथा आजदेखि नेपालमा नयाँ युगको सुरुवात भएको पनि उनले बताए। ढकाल गुल्मीबाट देउवाको गृह जिल्लामा चुनाव लड्न आएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0