कैलाली (४ मा गठबन्धनका उम्मेदवारले गरे मनोनयन दर्ता


अत्तरिया : गठबन्धनका उम्मेदवारहरुले कैलाली (४ मा मनोनयन दर्ता गरेका छन् । प्रतिनिधि सभाका उम्मेदवार काँग्रेसका वीर बहादुर बलाएरले निर्बाचन कार्यालय पुगेर मनोनयन दर्ता गरेका छन ।

यसैगरी गठबन्धनको तर्फबाट प्रदेश ‘क’ मा एकीकृत समाजबादीका उम्मेदवार दिर्घ सोडारी र प्रदेश ‘ख’ वाट काँग्रेसका उम्मेदवार प्रकाश बमले पनि मनोनयन दर्ता गरेका छन् । उम्मेदवारी दर्ता गर्न बलाएर आज नै अत्तरिया आएका हुन ।

डोटी काँग्रेसका पुराना नेताका रूपमा परिचित बलाएरको कैलाली ४ चुनावी लंडाई पहिलो हुने छ । डोटी गठबन्धनको तर्फबाट समाजबादीको भागमा परेपछि बलाएरलाई काँग्रेसले कैलाली ४ मा टिकट दिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0