सुदूरपश्चिममा काँग्रेसले प्रतिनिधिसभाका उम्मेदवारको टुंगो लगायो, कैलाली ४ मा बलाएर उम्मेदवार बन्ने पक्का


काठमाडौँ : नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्यतर्फ उम्मेदवारको टुंगो लगाएको छ । केन्द्रीय संसदीय समितिले प्रतिनिधिसभातर्फ यहाँका १६ मध्ये गठबन्धन गर्दा कांग्रेसको भागमा परेका नौ क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको हो ।

बैठकमा सहभागी एक नेताका अनुसार सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार उम्मेदवार बन्ने भएका छन् ।

त्यस्तै, सहमहामन्त्री बद्री पाण्डे बाजुराबाट उम्मेदवार बन्ने भएका छन् । हाल उद्योगमन्त्री रहेका दीलेन्द्रप्रसाद बडुलाई कांग्रेसले दार्चुलाबाट उम्मेदवार बनाउने निर्णय गरेको छ ।

त्यस्तै, अछाम २ मा पुष्पबहादुर शाह, कञ्चनपुर २ मा एनपी सावद, कञ्चनपुर ३ मा रमेश लेखक, कैलाली १ मा रामजनम चौधरी, कैलाली ४ मा वीरबहादुर बलायर र कैलाली ५ मा डिल्लीराज पन्तलाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

बैठकमा सहभागी एक नेताका अनुसार प्रदेशसभातर्फका उम्मेदवारको भने टुंगो लागिसकेको छैन ।गठबन्धनमा सुदूरपश्चिम प्रदेशका १६ मध्ये कांग्रेसले ९, माओवादी केन्द्रले ४ र नेकपा एकीकृत समाजवादीले ३ सिट लिने सहमति गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0