अछाम निर्वाचन क्षेत्र नम्बर १ क्षेत्रीय निर्वाचन कमिटी संयोजक शाहले दिए राजीनामा


नेकपा (एमाले) ले अछाम १ बाट एकल सिफारिसमा परेका नेता भीम रावललाई टिकट नदिएपछि अछाम निर्वाचन क्षेत्र नम्बर १ क्षेत्रीय निर्वाचन कमिटी संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिएका छन् ।

अछाम जिल्ला कमिटीलाई दिएको राजीनामा पत्रमा उनले जिल्ला इन्चार्ज झपट बोहराकै प्रमुख आतिथ्यतामा भएको बैठकले सर्वसम्मत रुपमा रावलको एकल नाम सिफारिस गरेको उल्लेख गरेका छन ।
तर केन्द्रले अर्कैलाई टिकट दिएपछि नैतिकताका आधारमा पदमा बसिरहन नमिल्ने भएकाले राजीनामा दिएको शाहले बताएका छन ।
रावलको नाम काटेर एमालेले क्षेत्र नं १ मा सुदूरपश्चिमका पूर्व आर्थिक मामिलामन्त्री झपट बोहरालाई टिकट दिएको छ । त्यसले एमाले अछाममा असन्तुष्टि चुलिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0