पार्टी हित बिपरित लाग्नेलाई ‘अन द स्पोट’ कार्बाही हुन्छ : एमाले कैलालीअध्यक्ष दुर्गा जोशी


अत्तरिया : नेकपा एमाले कैलालीका कार्यबाहक अध्यक्ष दुर्गा जोशीले पार्टीलाई घात गर्ने जो कोहीलाई पनि ‘अन द स्पोट’ कार्बाही गरिने बताएका छन् । शुक्रबार गोदावरी नगरकमिटीले आयोजना गरेको दशै तिहार को अबसर मा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आसन्न निर्बाचन को लागि हरेक वडा मा टोली पठाएका छौ । पार्टी को पक्षमा नबोल्ने , चिया पसल मा पार्टी को बिरोध गर्ने जो कोही होस्, ठाउँ को ठाउँ को कार्बाही हुन्छ ,’ जोशीले भने ,’ पार्टी बाटजिल्ला इन्चार्ज र मैले अधिकार लिएका छौ । ५ वटै निर्बाचन क्षेत्र मा पार्टी का नेता कार्यकर्ता माथी निगरानी टोली खटाएका छौँ । पार्टी को हित बिपरित लाग्ने लाई अब छुट हुंदैन ।’

उनले कैलाली क्षेत्र नम्बर ४ रणनीति क्षेत्र पनि भएकाले यहाँका उम्मेदवारलाई कुनै हालत मा पनी जिताउनु पर्ने जिकिर गरे । ‘यो क्षेत्रका उम्मेदवार हाम्रो पार्टीका सचिब लेखराज भट्ट हुनुहुन्छ । उहाँ सुदुरपश्चिम कै अब सिनियर लिडर हुन । कुनै पनि पार्टीमा अब उहाँ को हाईट को नेता छैन । त्यसैले कुनै पनि हालत मा एमालेले अब यो निर्बाचन क्षेत्र गुमाउन चाहाँदैन ‘,जोशीले भने ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0