कैलाली ५ मा प्रतिनिधि सभाका लागि कांग्रेसका पूर्वसांसद ओझाले स्वतन्त्र उम्मेदवारी घोषणा गर्दै


धनगढी : कैलाली–५ बाट प्रतिनिधि सभामा पुष्करनाथ ओझाले उम्मेदवारी दिने भएका छन् । कांग्रेसबाट उक्त क्षेत्र जितिसकेका ओझाले यसपल्ट स्वतन्त्र उम्मेदवारी दिने भएका हुन् ।

शुक्रबार एक होटलमा निकटहरूसँग छलफल गर्दै प्रतिनिधि सभामा उम्मेदवारी दिने उनले घोषणा गरेका हुन् । यसअघि उक्त क्षेत्रबाट कांग्रेस नेता तथा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा चुनाव लडेकी थिइन् । तत्कालीन वाम गठबन्धनका नारदमुनि रानाले चुनाव जितेका थिए ।

यसपल्ट राणालाई नै सर्वसम्मत सिफारिस गरिए पनि उनी समानुपातिकमा सुरक्षित भएकी छिन् । ओझाले कैलाली– ५ मा पर्यटक उम्मेदवार हाबी हुँदै गएको भन्दै स्वतन्त्र रूपमा उम्मेदवार बन्ने बताए ।

‘म यस निर्वाचन क्षेत्रका लागि सर्वदलीय उम्मेदवार हुँ । कुनै दलमा म नभए पनि यहाँको जनता मेरो पक्षमा छन्,’ उनले भने, ‘पर्यटक उम्मेदवारलाई विस्थापन गर्न र यसै क्षेत्रकालाई पार्टीले उम्मेदवार बनाउनुपर्छ भन्ने सन्देश दिन जरूरी छ ।’

२०७४ सालको प्रतिनिधिसभा चुनावमा आकांक्षी रहेका ओझा कांग्रेस सभापति शेरबहादुर देउवाले पत्नी आरजु राणालाई टिकट दिएपछि रुष्ट बनेका थिए ।

उनले आफ्नो उम्मेदवारीको आधिकारीक घोषणा दिउँसो ३ बजे गर्न पत्रकार सम्मेलनको आयोजना गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0