नवदुर्गा गाउँपालिकालाई देशकै नमुना पालिकाको रुपमा निमार्ण गर्छौ :अध्यक्ष अबस्थी


डडेल्धुरा । बुधवार डडेल्धुराको नवदुर्गा गाउँपालिकाले आर्थिक बर्ष २०७८/०८९को वार्षिक समिक्षा गरेको छ। शिक्षा, स्वास्थ्य, पशु–स्वास्थ्य , कृर्षि शाखा, महिला तथा बालबालिका शाखा लेखा शाखा, लगाएत गाउँपालिका भित्र रहेका बिषयगत शाखाहरुले समिक्षामा चालु आर्थिक बर्षमा पालिका भित्र सञ्चालन गरेका गतिबिधि, चुनौती , सम्भावना तथा हाल सम्मको खर्च विवरण समेत समिक्षामा प्रस्तुत गरिएको थियो।

 

बार्षिक समिक्षा कार्यक्रमा पालिकाका कार्यालय प्रमुख तथा शाखा प्रमुख लगाएत जनप्रतिनिधिहरुको उपस्थीती रहेको थियो । पालिकाले यस आर्थिक बर्षमा प्रदेशमै सवै भन्दा कम बेरुजु आउने पालिका मध्ये दोस्रो पालिकाको रुपमा र जिल्लामा सबै भन्दा न्युन बेरुजु आएको जनाएको छ।

आर्थिक बर्ष २०७८/०८९को वार्षिक समिक्षा कार्यक्रममा यस पालिकाको बित्तिय प्रगती ८३.०९ प्रतिसत रहेको पनि समिक्षामा प्रस्तुत गरिएको थियो ।

वार्षिक समिक्षा कार्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत तेज बहादुर साउँदले गाउँपालिकाका गतिबिधिहरु सन्तोष जनक रहेकाले सञ्चालित गतिबिधिहरु संगै बित्तिय प्रगती सन्तोशजनक रहेकोमा जोड दिए।
कार्यक्रमा वोल्दै गाउँपालिका अध्यक्ष लक्ष्मी प्रसाद अवस्थीले आफुहरु जनताको सेवक भएर काम गर्ने कुरामा सधैं तत्पर रहेकाले नवदुर्गा गाउँपालिकालाई देश भरकै नमुना पालिका निमार्ण गर्न के गर्नु पर्छ ? आवस्यकता अनुसार उचित ब्यवस्थापन गर्दै अघिबढ्ने कुरा बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0