कैलालीको गोदावरी धाम नजिकै जीपको ठक्करबाट घाईते भएका पैदल यात्रुको मृत्यु


अत्तरिया – कैलालीको गोदावरी धाम नजिकै जीपको ठक्करबाट घाईते भएका पैदल यात्रुको मृत्यु भएको छ । सोमबार बिहान बाजुराबाट धनगढीतर्फ आउँदै गरेको ग १ ज ६८५५ नम्बरको जीपले ठक्कर दिदाँ गोदावरी नगरपालिका–१ भरतपुर बस्ने अन्दाजी ४५ वर्षीय सेकुराम चौधरीको मृत्यु भएको हो ।

जिपको ठक्करबाट गम्भीर घाईते भएका उनलाई उपचारका लागी अत्तरियास्थित पद्मा अस्पतालमा लगिएकोमा त्यहाँबाट उनलाई सेती प्रादेशीक अस्पताल रिफर गरिएको थियो ।

सेतीमा पु-याउँदा डाक्टरले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपि) रविन्द्र राज पाण्डेयले जानकारी दिए । जीप चालक र जीपलाई नियन्त्रणमा लिईएको उनले बताए

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0