धनगढी ७ वेली पटेलामा आजदेखि गायत्री महायज्ञ सुरू


धनगढी : धनगढीको पटेलामा आज घटस्थापनाको दिनदेखि महानवमीसम्म श्री गायत्री महायज्ञ सुरु हुनेभएकोछ ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ वेली पटेलाको श्री ऋषिकेश पीठ धार्मिक वनमा विश्व शान्ति र जनकल्याणका लागि महायज्ञ आयोजना हुने भएको हो ।

श्री १००८ महामण्डलेश्वर स्वामी राहुलेश्वरानन्द गिरी जीको परिकल्पनामा विश्व शान्ति र जनकल्याण हेतु महायज्ञ अनुष्ठान हुन लागेको आयोजक समितिले जनाएको छ।

पटेला गोरखनाथले तपस्या गरेको भूमि भएकाले त्यो क्षेत्रलाई धार्मिक हिसाबले विकास गर्न खोजिएको शिवानन्द स्वामीले बताए।