कैलालीको गोदावरीमा स्थानीय चुनाव लडेका २ सय ६२ उम्मेदवारमाथि कारबाही


अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाकामा प्रमुख-उपप्रमुखसहित २६२ जना कारबाहीमा परेका छन्। गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भएको खर्च विवरण नबुझाउने प्रमुख-उपप्रमुखसहितका उम्मेदवारहरु काबाहीमा परेका हुन्।

निर्वाचन आयोगले चुनावको नतिजा प्रकाशित भएको ३० दिनभित्र सबै उम्मेदवारलाई खर्च विवरण बझाउन भने पनि अटेरी गर्ने प्रमुख-उपप्रमुख,अध्यक्ष र सदस्यका उम्मेदवार कारबाहीमा परेका हुन्। निर्वाचन आयोगले तोकेको जरिबाना रकम ६ महिनाभित्र नबुझाए विजयी जनप्रतिनिधिको पद जाने भएको छ।

कैलालीको गोदावरी नगरपालिकाका प्रमुख वीरेन्द्र भट्टसहित २ सय ६२ जना उम्मेदवारले निर्वाचन खर्च विवरण नबुझाउँदा जरिबानामा परेका हुन्। गोदावरीमा एमालेबाट नगरप्रमुखका उम्मेदवार रहेका गोकर्ण भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गाकुमार पोखरेल, माओवादी केन्द्रका विक्रम विश्वकर्मा, लोकतान्त्रिक समाजवादीका फकलु चौधरी, राष्ट्रिय जनमोर्चाका हरिकृष्ण पाण्डेय, राष्ट्रिय जनमुक्तिका रामबहादुर रावल, स्वतन्त्र मिने मल्ल र टेकबहादुर विकले निर्वाचन खर्च विवरण नबुझाउँदा जरिबानामा परेका छन्। यस्तै उपप्रमुखका उम्मेदवारहरु रत्ना कडायत, कल्पना रावल, खिमादेवी विष्ट र रिता खड्काले पनि चुनावमा भएको खर्च विवरण आयोगमा बुझाएका छैनन्।

प्रमुख र उपप्रमुखको चुनाव लडेर खर्च विवरण नबुझाउने उम्मेदवारले जनही ४ लाख ५० हजार ६ महिना भित्र बुझाउनुपर्नेछ। विजयी जनप्रतिनिधिले जरिबाना नतिरे पद जाने र हारेको भए अर्को निर्वाचन अर्थात ६ वर्षसम्म निर्वाचनमा भाग लिन पाउने छैनन्।

१२ वडा रहेको गोदावरी नगरपालिकामा वडा अध्यक्ष र सदस्यका २ सय ४९ उम्मेदवारले चुनाव खर्च बुझाएका छैनन्। चुनाव खर्च विवरण नबुझाउने वडा अध्यक्ष र सदस्यका उम्मेदवारले जनही २ लाख जरिबाना तिर्नुपर्ने छ।

गोदावरीमा जरिबाना तिर्नुपर्ने उम्मेदवारमा चुनाव जितेकाहरू पनि छन्। वडा नम्बर १ का अध्यक्ष गोपालदत्त भट्टलगायत अध्यक्षका उम्मेदवारहरु खगेन्द्र नाथ योगी, दिनेशकुमार शाह, लक्ष्मीराज पन्त, लालबहादुर पार्की र शर्मानन्द भट्ट जरिबानामा परेका छन्। १ नम्बर वडामा चुनाव लडेका १९ जना सदस्यसहित ६ जना वडा अध्यक्षका उम्मेदवारले जनही २ लाख तिर्नुपर्ने भएको छ।
गोदावरी नगरपालिकाको २ नम्बर वडामा १४ जना उम्मेदवारले चुनाव खर्च बुझाएका छैनन्।

जसमध्ये धर्मसिंह कुँवर, शेरबहादुर शाही र सुकदेव सिंह अध्यक्षका उम्मेदवार थिए। गोदावरीको वडा नम्बर ३ मा चुनाव लडेका २२ जनाले चुनावमा भएको खर्चको विवरण निर्माचन आयोगमा पेश गरेका छैनन्। अध्यक्षमा निर्वाचित तेजराज अवस्थी, अध्यक्षको चुनाव लडेका दलबहादुर साँउद, पदमराज भट्टराई, प्रविन कुँवर र महेश विष्टले खर्च विवरण नबुझाएका हुन्।
वडा नम्बर ४ को अध्यक्षमा जितेका हेमप्रकाश मल्लसहित २४ जना उम्मेदवारले चुनाव खर्च बुझाएका छैनन्।

यस्तै अध्यक्षका उम्मेदवार रहेका भिष्मराज सुवेदी, बलबहादुर चौधरी, विराज विष्ट, मनोहरबहादुर कुँवर र हरजित विष्टले पनि निर्वाचनको खर्च विवरण नबुझाएका हुन्। ४ नम्बर वडामा १८ जना सदस्यका उम्मेदवारले पनि खर्च विवरण नबुझाउँदा जरिबाना तिर्नुपर्ने भएको छ।

गोदावरीको वडा नम्बर ५ मा २२ जना उम्मेदवार निर्वाचन आयोगको कारबाहीमा परेका छन्। जसमध्ये १७ जना वडा सदस्यका उम्मेदवरा हुन् भने अध्यक्षमा चुनाव लडेका कर्णबहादुर वोहरा, खुस्वु राना, चन्द्रकान्त भट्ट, प्रेमबहादुर कुमाल र हिमाल शाहले खर्च विवरण नबुझाउँदा जनही २ लाख तिर्नुपर्ने भएको हो।

गोदावरीको वडा नम्बर ६ मा १४ जना उम्मेदवारले जरिबाना तिर्नुपर्ने भएको छ। जसमा ११ जना वडा सदस्यका उम्मेदवार हुन् भने जगतबहादुर साँउद, जयराज फुलारा र लक्ष्मीराज भट्टले अध्यक्षमा उम्मेदवारी दिएका थिए।

गोदावरी ७ मा १३ जना उम्मेदवारले निर्वाचन खर्च विवरण नबुझाउँदा जरिबानामा परेका छन्। जसमध्ये खडकबहादुर सार्की, जानकीदेवी पाठक, सुसीराम चौधरी अध्यक्षका उम्मेदवार थिए।
यस्तै वडा नम्बर ८ मा २७ जनाले जरिबाना तिर्नुपर्ने भएको छ। अध्यक्ष जितेका गोविन्द चौधरीले पनि खर्च विवरण बुझाएका छैनन्। यसैगरी अध्यक्षमा लडेका टेकबहादुर देउवा, प्रेमबहादुर वोगटी, बाबुराम चौधरी र रामप्रसाद चौधरीले पनि खर्च विवरण नबुझाएको निर्वाचन आयोगको तथ्याँकले देखाएको छ।

गोदावरी–९ मा सबैभन्दा धेरै ३० जना उम्मेदवार कारबाहीमा परेका छन्। उनीहरूमध्ये डिल्लीराम जोशी, थिग्रा राना, बलबहादुर रावत, रामलाल राना, लल्ला राना, विष्णु भण्डारी, हेमबहादुर चन्द र होलवा डगौरा थारू अध्यक्षका उम्मेदवार थिए।

१० नम्बर वडाका निर्वाचित अध्यक्ष रविन्द्र शाही, अध्यक्षका उम्मेदवार रहेका डबलबहादुर कामी र नवराज जोशीसहित १४ जनाले जरिबाना तिर्नुपर्ने भएको छ। ११ नम्बर वडामा भने अध्यक्षका उम्मेदवार प्रेमसिंह बडैला, गोविन्द विक, भीमबहादुर विक र शिवबहादुर विकसहित १४ जनाले चुनाव खर्च नबुझाउँदा जरिबानामा परेका हुन्।

गोदावरी नगरपालिकाको वडा नम्बर १२ मा २१ जना उम्मेदवारले जरिबाना तिर्नुपर्ने भएको छ। यो वडामा चुनाव जितेका भीमबहादुर खड्कासहित कृष्णबहादुर लुहार, जयबहादुर विक, तिलक बहादुर साँउद, नन्दबहादुर विक र महेन्द्रबहादुर अधिकारीले जरिबाना तिर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0