समानुपातिकतर्फ ४८ राजनीतिक दलले पेस गरे बन्दसूची


काठमाडौं : आउँदो मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ४८ राजनीतिक दलले उम्मेदवारको बन्दसूची दर्ता गराएका छन् । निर्वाचन आयोगले मंगलबार बिहान ५ बजेसम्म दलहरुको बन्दसूची दर्ताको काम गरेको छ।

आयोगले दलहरूलाई आइतबार र सोमबार बन्दसूची पेस गर्न समय दिएको थियो ।

पहिलो दिन ४ वटा दलले मात्र दर्ता गरेका थिए भने दोस्रो दिन ४४ दलले बन्दसूची बुझाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पोडेलले जानकारी दिए।

प्रतिनिधि सभा र प्रदेश सभाका लागि ७६ दल दर्ता भएका छन् । तीमध्ये ६८ दलले समानुपातिकमा भाग लिनेगरी निवेदन दर्ता गराएका थिए ।

प्रदेशतर्फ प्रदेश नम्बर एक र मधेस प्रदेशमा समान ३६ दल, बागमती प्रदेशमा ४० दल, गण्डकी प्रदेशमा ३१ दल, लुम्बिनी प्रदेशमा ३२ दल, कर्णाली प्रदेशमा २८ दल र सुदूरपश्चिम प्रदेशमा ३४ राजनीतिक दलले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची बुझाएका छन्।

आयोगले आजदेखि असोज ९ गतेससम्म दलहरूलाई उम्मेदवारको बन्दसूची संशोधन गर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0