बैतडीको उदयदेव मन्दिरमा दसैंको जात्रा र बली नहुने


बैतडी: बैतडीको पाटनमा रहेको प्रसिद्ध सिद्धनाथ–उदयदेव मन्दिरमा यो वर्ष दसैंको जात्रा नहुने भएको छ। मन्दिरका मुख्य पूजारीका जेठा छोराको निधन भएकाले पूजा गर्न नमिल्ने हुँदा मन्दिरमा जात्रा नहुने सिद्धनाथ–उदयदेव धार्मिक सेवा समितिका सचिव भानदेव भट्टले बताए।

मुख्य पूजारीकै घरमा जुठो परेकाले बैठक बसेर जात्रा नमाउने निर्णय भएको समितिका अध्यक्ष लालबहादुर चन्दले बताए। मुख्य पूजारीको विकल्पमा रहेका अर्का पूजारी शिवदत्त जोशी पनि अस्वस्थ रहेका र उनले पूजा गर्न नसकिने बताएपछि जात्रा र पूजा रोक्ने निर्णय गरिएको अध्यक्ष चन्दले बताए।

दसैंको घटस्थापनादेखि पूजा सुुरु हुने सो मन्दिरमा महानवमीका दिन राँगाको बलीसहित जात्रा हुने गरेको थियो। यो वर्ष मुख्य पूजा र राँगाको बली रोकिएको भट्टले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0