संविधान दिवसमा ९९८ जना विभूषित हुने ,ती मध्ये डडेल्धुराका नायक विराज भट्ट पनि


धनगढी: संविधान दिवसमा ९९८ जना विभूषित हुने भएका छन्। ती मध्ये सुदूरपश्चिमबाट पनि धेरै रहेका छन्। विभूषित हुनेहरूको नामावलीमा प्राध्यापक डा. हेमराज पन्त, देउडा गायक नन्दकृष्ण जोशी र डडेल्धुराका नायक विराज भट्ट पनि रहेका छन्। घोषणा गरिएको विभूषण नेपाली वैशाख १ गते राष्ट्रपतिबाट वितरण गरिन्छ। राष्ट्र र जनतााके पक्षमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउनेलाई हरेक वर्ष संविधान दिवसमा घोषणा गरेर वैशाख १ मा विभूषण वितरण गर्ने व्यवस्था छ।

हेर्नुस् सुदूरपश्चिमबाट विभूषित हुनेहरुको सूचीः
१) सुकीर्तिमय राष्ट्रदीपः गायक नन्दकृष्ण जोशी

२) सुप्रबल जनसेवाश्रीः सुप्रबल जनसेवाश्री पदकबाट विभूषित हुनेमा प्रा.डा. हेमराज पन्त, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, प्रहरी वरिष्ठ उपरीक्षक अर्जुन ठकुरी र प्रदेश सचिव कानुन, मख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका गंगाबहादुर खरेल रहेका छन्।

३) प्रबल जनसेवाश्रीः प्रबल जनसेवाश्री पदक पाउनेहरुमा डा जानकी कुमारी तुलाधर, पदमराज जोशी डोटी, निङ्लासैनी माध्यामिक विद्यालयका, गोबरिया, कञ्चनपुरका प्राधानाध्यापक भवानीप्रसाद पन्त, अछामका सहित्यकार यज्ञराज उपाध्याय, डडेल्धुराका विराज भट्ट, कैलालीका दीपक विष्ट, बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, डडेल्धुराका पदमराज जोशी, जिल्ला अदालत बझाङका शाखा अधिकृत नरेन्द्रकुमार शर्मा, परशुराम नगरपालिकाका, डडेल्धुराका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरु, गन्यापधुरा गाउँपालिका डडेल्धुराका प्रमुख प्रशाकीय अधिकृत दीलिपकुमार तामाङ र सुदूरपश्चिम कृषि निर्देशनालयका निमित्त प्रमुख यज्ञराज जोशी रहेका छन्।

४) राष्ट्रदीपः गौरिका सिंह

५) जनसेवाश्री पदकः जनसेवाश्री पदकबाट विभूषित हुनेमा बैतडीका नयनसिंह बोहरा, कञ्चनपुरका मदन चन्द, डडेल्धुराका लक्ष्मणबहादुर साउँद, बझाङका ब्रहमदत्त जोशी, कैलालीका जीवन राना, कञ्चनपुरका कलावतीदेवी भट्ट, कैलालीका कृष्ण मनोजराज पडाल, डोटीका सनम कठायत, कैलालीका लवदेव मिश्र, जगदिश भट्ट, कैलालीका नरबहादुर मौनी, कैलालीका मानसिंह साउद, डडेल्धुराका तेजराज भण्डारी, कैलालीका राजेन्द्रकुमार अग्रवाल, कञ्चनपुरका पत्रकार शेरबहादुर सिंह, डोटीकी लक्ष्मी पन्त र आर्थिक मामिला मन्त्रालय, सुदूरपश्चिम प्रदेशका कार्यालय सहयोगी रामबहादुर डगौरा, अछामका गोविन्द गिरी र केपी खनाल रहेका छन्।

६) नेपाल प्रताप सुभूषणः नेपाल प्रताप सुभूषणबाट विभूषित हुनेमा जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशी, नेपाल सेवा प्रवीण कञ्चनपुरका पत्रकार रोशनबहादुर खड्का, कैलालीका मराज आलाम अन्सारी, पत्रकार टेकराज जोशी रहेका छन्।

७) समाजसेवी रत्नः समाजसेवी रत्नबाट विभूषित हुनेमा कैलालीका रुक्मणी देवकोटा, कैलालीका दीपेन्द्र भट्ट र कञ्चनपुरका समाजसेवी कृष्णदत्त जोशी रहेका छन्।

८) राष्ट्रसेवा पदक प्रथम श्रेणीः राष्ट्रसेवा पदक प्रथम श्रेणीबाट विभूषित हुनेमा राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय कैलालीका उपअनुसन्धान निर्देशक रमेशसिंह डाँगा र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, डडेल्धुराका प्रमुख अनुसन्धान अधिकृत हरिशबहादुर विष्ट रहेका छन्।

९) शिक्षाज्योति पदकः शिक्षाज्योती पदकबाट विभूषित हुनेमा बैतडीका परमानन्द अवस्थी, डडेल्धुराका सुरेन्द्रबहादुर कार्की र कञ्चनपुरका हरिप्रसाद शर्मा रहेका छन्।

१०) विकास रत्नपदकः विकास रत्नपदकबाट आदर्श गाउँपालिका डोटीका व्यवसायी मोहनराज ओझा विभूषित हुने भएका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0