वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन


वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन भएको छ । ७७ वर्षीय गौतमको आइतबार बिहान बी एण्ड बी अस्पतालमा निधन भएको हो ।

नयाँ करेन्ट साप्ताहिकका सम्पादक गौतमलाई न्युमोनिया देखिएपछि आइसियुमा राखेर उपचार गर्दा पनि अवस्था झन् बिग्रिएपछि भेन्टिलेटरमा राख्नुपरेको पारिवारिक स्रोतले जनाएको छ ।

पत्रकार गौतम पाँच दशक निरन्तर पत्रकारितामा क्रियाशिल रहेका थिए । २०४२ को बम काण्डका बेला रामराजाप्रसाद सिंहको भाषण अंश छापेको निहुँमा उनलाई ६ महिना हनुमानढोकामा थुनिएको थियो । उनका छोरा किरण गौतमका अनुसार पत्रकार गौतमको अन्त्येष्टि आजै पशुपति आर्यघाटमा गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0