अछाम पहिरो अपडेटस् १७ जानाको मृत्यू ६ जना बेपत्ता

0
8

अछाम : जिल्लाको तीनवटा पालिकामा पहिरोमा परी मृत्यु हुनेको संख्या १७ पुगेको छ।

जिल्लाको तीन पालिका कमलबजार नगरपालिका, तुर्माखाँद र ढकारी गाउँपालिकामा पहिरोले घर पुरिँदा हालसम्म १७ जनाको शव निकालिएको निमित्त प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए।

उनका अनुसार कमलबजार ८ मा एकै परिवारका ५ जनाको शव निकालिएको छ भने कमलबजार ६ ठाँटीकाँधमा बेपत्ता भएका तीनै जनाको शव फेला परेको छ। ठाँटीकाँधमा यसअघि निकालिएको ४ जनाको गरी ७ जनाको ज्यान गएको छ।

यस्तै, तुर्माखाँद ५ मा दुई घर पुरिँदा ४ जनाको शव फेला परेको छ अन्य ५ जना बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

त्यस्तै ढकारी गाउँपालिका ६ मा पहिरोले पुरिएर १ जनाको मृत्यु भएको छ भने अर्का एकजना बेपत्ता रहेका रिजालले बताए।

तीनै पालिकामा गरी ६ जना अझै बेपत्ता भएका छन् भने ११ जना घाइते भएका छन्। मृतकहरुको सनाखत कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए। उनका अनुसार बेपत्ताहरुको खोजी कार्य तीव्र पारिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here