बैतडीको सुर्नयामा लाइसेन्स नभएका शिक्षकलाई अवकाश दिइने


बैतडीको सुर्नयामा लाइसेन्स नभएका शिक्षकलाई अवकाश दिइने
अत्तरिया : बैतडीको सुर्नया गाउँपालिकाले अध्यापन अनुमति पत्र (लाइसेन्स) नभएका शिक्षकहरुलाई अवकाश दिने भएको छ। गाउँपालिकाले बिहीबार एक सूचना जारी गर्दै गाउँकार्यपालिकाको यही भदौ २४ गते बसेको बैठकको निर्णय अनुसार लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिने जनाएको हो।

सूचनामा गाउँपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालयहरुमा कार्यरत अध्यापन अनुमति पत्र नभएका शिक्षकहरुलाई आगामी असोज १ गतेदेखि अवकाश दिने निर्णय भएको उल्लेख छ। लाइसेन्स नभएका शिक्षकहरुलाई अवकाश दिएको बारेमा ३ दिनभित्र पालिकालाई जानकारी गराउन समेत भनिको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0