अत्तरिया बसपार्कमा शंकास्पद अवस्थामा भेटीएकी महिलालाई स्थानीयहरुले प्रहरीलाई बुझाए


अत्तरिया : कैलालीको अत्तरिया बसपार्कमा शंकास्पद अवस्थामा भेटीएकी महिलालाई स्थानीयहरुले प्रहरीलाई बुझाएका छन् ।

विगत केहिदिनदेखी सामाजिक संजालमा बच्चा चोर्ने महिला नेपाल भित्रीएको भन्ने हल्लाका आधारमा शंकास्पद महिलालाई स्थानीयले प्रहरीलाई बुझाएका हुन् ।

बच्चा चोरेको भन्ने प्रमाणीत नभएको तर एकजना भारतिय महिलालाई स्थानीयले प्रहरीलाई बुझाएको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बच्चा चोरेको फेला पारेको होईन तर एकजना महिलालाई स्थानीयले प्रहरीलाई बुझाएका छन् ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी रविन्द्रराज पाण्डेयले बताएका छन ।

केहिदिनदेखी बच्चा चोर्ने गिरोह नेपाल भित्रीएको भन्दै सामाजिक संजालमा विभीन्न फोटो तथा भिडीयोहरु देखीएका छन् ।

प्रहरीलाई बझाईएकी ति महिलामाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0