डडेल्धुरा उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयन, अध्यक्षमा ९५ मतले द्धिजराज भट्ट विजयी


डडेल्धुराः डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा द्धिजराज भट्ट विजयी भएका छन्। निकटमत् प्रतिद्वन्द्वी भोजराज भट्टलाई ९५ मतले हराउँदै द्धिजराज अध्यक्षमा निर्वाचित भएका हुन्। नयाँ नेतृत्व चयन गर्नका लागि शनिबार मतदान भएको थियो। आइतबार बिहान सकिएको मतपरिणाम अनुसार अध्यक्षमा निर्वाचित द्धिजराज ५ सय ७७ मत ल्याउँदा भोजराजले ४ सय ८२ मत पाएका छन्।

यस्तै वरिष्ठ उपाध्यक्षमा दीपक महता विजयी भएका छन्। उनले ६११ मत पाउँदा निकटमत् प्रतिद्वन्द्वी लालमणी पन्तले ३९९ मत ल्याए। संघको वाणिज्य उपाध्यक्षमा खेमराज अवस्थी विजयी भएका छन्।

अवस्थीले ६११ मत पाउँदा उनका प्रतिस्पर्धी महादेव भट्टले ३६३ मत ल्याएका छन्। महासचिवमा विष्णुराज जोशीले विजयी भएका छन्। जोशीले ६४४ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी दिनेशप्रसाद पनेरुले ३६९ मत पाएका छन्। सचिव महिलामा मीना फुलारा निर्वाचित भएकी छन्।

उनी ६५७ मत ल्याउँदै विजयी भएकी हुन्। फुलाराकी प्रतिस्पर्धी लक्ष्मी ऐरले ३३४ मत मात्रै पाइन्। निर्वाचनमार्फत् ७ जना सदस्य पनि निर्वाचित भएका छन्।

हरिप्रसाद उप्रेतीले ७०६ मत, सीताराम पाण्डेयले ६९६, धर्मदेव पाण्डेयले ६७६, मोहनबहादुर देउवाले ६७२, धनबहादुर ठकुराठीले ६५१, लोकराज पाण्डेयले ६३५ र टेकबहादुर ओझा ‘भुवन’ले ६१७ मत ल्याउँदै सदस्यमा निर्वाचित भएका हुन्। सदस्यका लागि ९ जनाले चुनाव लडेका थिए। सुनिल घिमिरेले ६१३ र गणेशसिंह साँकीले ५३५ मत पाएर पराजित भए। निर्वाचनमा कूल एक हजार ८८ मत खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0