डडेल्धुरा उद्योग वाणिज्य संघको नयाँ कार्यकारणी समिति चयन : यी हुन् निर्वाचित ७ जना सदस्य


डडेल्धुरा – डडेल्धुरा उद्योग वाणिज्य संघको नयाँ कार्यकारणी समिति चयन गर्नका लागि शनिबार भएको मतदानको मतगणना जारी छ। पदाधिकारीतर्फ ९ सय मतगणना भएको छ भने सदस्यतर्फ भने मतगणना सकिएको छ।

निर्वाचन समितिका अनुसार सदस्यमा ७०३ मत सहित हरिप्रसाद उप्रेती, ६९६ मत पाएर सीताराम पाण्डेय र ६७६ मत ल्याएर धर्मदेव पाण्डेय निर्वाचित भएका छन्। यस्तै मोहनबहादुर देउवा ६७२, धनबहादुर ठकुराठी ६५१, लोकराज पाण्डेय ६३५ र टेकराज ओझा ६१७ मत ल्याएर सदस्यमा विजयी भएका छन्।

५३५ मत सहित गणेश साँकी र ६१३ मत ल्याएका सुनिल घिमिरे पराजित भएका छन्। यस्तै अध्यक्षमा भने द्धिजराज भट्टको अग्रता कायमै छ। ९ सय मतगणना हुँदासम्म उनले ४७६ मत पाएका छन् भने अध्यक्षका अर्का उम्मेदवार भोजराज भट्टले ४०१ मत पाएका छन्।सात जना सदस्यका लागि नौं जना चुनावी मैदानमा उत्रिएका थिए।

यस्तै वरिष्ठ उपाध्यक्षमा दिपक महताले ५१० र लालमणी पन्तले ३२९, वाणिज्य उपाध्यक्षमा खेमराज अवस्थीले ५०८ र महादेव भट्टले ३०१, महासचिवमा विष्णुराज जोशीले ५४९ र दिनेशप्रसाद पनेरुले २९८ र सचिव महिलामा मिना फुलाराले ५४१ र लक्ष्मी ऐरले २८३ मत पाएका छन्।

संघमा एक हजार २९४ सदस्य रहेकोमा एक हजार ८८ मत खसेको थियो। शनिबार बिहान साढे ८ बजेदेखि सुरु भएको मतदान साँझ सकिएको थिए । निर्वाचन समिति संयोजक युवराज जोशीका अनुसार उद्योग वाणिज्य संघको विधानमा अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, वाणिज्य उपाध्यक्ष, उद्योग उपाध्यक्ष, महासचिव, वाणिज्य सचिव, उद्योग सचिव, सचिव महिला, कोषाध्यक्ष, खुल्ला सदस्य १०, महिला सदस्य दुई र दलित, जनजाती, अपाङ्ग सदस्य दुई र वस्तुगत उपाध्यक्ष गरी २५ जनाको कार्यकारणी समिति हुने प्रावधान छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0