गोदावरी नगरपालिकाद्धारा अत्तरिया बजारमा अनाधिकृत घर पसल हटाउन चिन्ह लगाउँदै


अत्तरिया: कैलालीको गोदावरी नगरपालिकाले फुटपातमा बनेका संरचना हटाउन फुटपातको क्षेत्र नाप्ने काम गरेको छ । सडकको बिच भाग देखी दुवैतर्फ २५–२५ मिटर भित्र रहेका संरचनाहरु हटाउने भन्दै नगरपालिकाले नाप्ने कार्य गरेको हो ।

यसअघि नगरपालिकाले सडकपेटी तथा फुटपातमा बनेका संरचना हटाउने भन्दै एक हप्ता सुचना जारी गरेको थियो । उक्त सुचनाको अवधी सकिएपछि आज सडक र फुटपाटको क्षेत्र नाप्ने काम भएको र भोली देखी संरचनाहरु भत्काउने कार्य थालिने नगरपालिकाले जनाएको छ । सडक, पेटीमा राखिएका ठेला छाप्रा र फुटपातमा बनेका अवैध संरचनाहरुका कारण बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ भने बजार पनि कुरुप बनेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0