ओलानीबासीका जनताको ४ दशक पुरानो पुलको सपना भयो पुरा


अत्तरिया : कैलालीको ओलानी क्षेत्रका जनताको ४ दशक भन्दा अझैपुरानो पुलको सपना पुरा भएको छ । पटक– पटक नेताहरुले आश्वासन मात्रै दिने तर, काम नहुँने गरेका कारण सपनामै सिमित बनेको पुलले मुर्त रुप पाएको हो । पुल बनेपछि सुख्खा चाक्लेखोलामा अचानक आउने वाढीका कारण बर्षातमा आवतजावत नै बन्द हुँदा भोग्नुपरेको समस्या हटेको छ ।

गोदावरी नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष भीम बहादुर खड्काले पुल बन्नु ओलानीबासिका लागि खुसिको कुरा भएको बताए । उनले २०२६र०२७ सालमै परिकल्पना गरिएको बाटो लामो समयको प्रतिक्षापछि जोडिएको बताए ।

‘यस क्षेत्रबाट राम्रो नेता नजन्मिएका कारणले गर्दा हामी धेरै पछाडी परेका हौ । यो हाम्रो यथार्त हो’ उनले भने ‘विकास हुनका लागि भेगको नेता चाहिदो रहेछ ।’

उनले अहिले प्रदेश सरकार मार्फत पुल संगै बाटो पिचको लागि पनि बजेट विनियोजन गरिएकोमा खुसि व्यक्त गरे । उनले अब अत्तरिया–फल्टुडे सडक जोड्न आवश्यक रहेको बताए । ‘अत्तरिया– फल्टुडे सडक नजोडिदा संम्म यस क्षेत्रको भविष्य नै छैन’ उनले भने ‘यो सडक निर्माण गरिएमा हालको अत्तरिया फल्टुडे सडक भन्दा करिब २७ किलोमिटर छोटो ९फाष्ट ट्रयाक० बाटो बन्छ । त्यसपछि मात्रै यो क्षेत्रको विकास सम्भव छ ।’ उनले २ किलोमिटर मात्रै ट्रयाक खोल्न बाँकी रहेकाले ट्रयाक खोल्ने काम वडाले गर्ने र कालोपत्रे गर्ने काम प्रदेश सरकारले गरिदिनुपर्ने बताए ।

वडा नम्बर १० का वडा अध्यक्ष रबिन्द्र शाही ९गुड्डु० ले पुल बन्दा ईमरजेन्सीमा अस्पताल लग्नुपर्ने बिरामी, डेलिभरी महिलाहरुका लागि सहज हुनेकुरा मिडियालाई बताएका छन । ‘बाटोघाटो राम्रो भए नभएपनि नदीमा पानी आउँदा पुल पारीका मानिसहरुले अकालमै ज्यान गुमाउनु पर्ने अवस्था थियो’ उनले भने ‘अब यी समस्या हटेका छन ।’

वडा नम्बर ११ का निवर्तमान वडा अध्यक्ष शिव विकले २०७६ साल देखिको लगातारको मिहेनत पछि चाक्लेखोला पुल निर्माणको काम सम्पन्न भएको बताए ।

‘२०७६ सालमा गोदावरी नगरपालिकाले डिपिआर बनाइसकेपछि यसलाई कार्यान्वयन गर्नको लागि प्रदेश सरकारलाई मैले तत्कालिन वडा अध्यक्षको हैसियतमा अनुरोध गरेको थिए’ उनले भने ‘जसका कारण प्रदेश सरकारबाट बजेट विनियोजन भएर यो पुल बनेको छ ।’ उनले यस पुलले वडा नम्बर १०, ११ र १२ लाई जोड्ने काम गरेको बताए । उनले पुल बनेकाले अब ओलानी बासीले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता हट्ने बताए ।

स्थानीय भीम बहादुर बोगटीले लामो सयम देखिको प्रतिक्षा पछि पछिल्लो ५ बर्षमा धेरै काम भएको बताए । उनले यस क्षेत्रबाट नेताहरुले भोट लिने काम मात्रै गरेका भएपनि पछिल्लो समय स्थानीय र प्रदेशबाट भने केही आशालाग्दा काम गरेको बताए ।

‘यस क्षेत्रलाई नेताहरुले ओझेलमा फालेका छन । श्रीलंकाको टापु जस्तै बनाएका छन’ उनले भने ‘यहाँका जनताका भोट लिने तर, यस क्षेत्रलाई अलपत्र फाल्ने, झुटा आश्वासन दिने काम भएको छ ।’

स्थानीय डबल विकले थुप्रै चुनावमा नेताहरुले दिएका आश्वासन पछि बल्ल पुल पाएको बताए । ‘अहिले भने हामीले ५ बर्षकै अवधिमा पक्की पुल, ग्रावेल सडक, कल्र्भट पाएका छौ’ उनले भने ‘अब यस क्षेत्रका जनतालाई निकै सहज भएको छ ।’ उनले पुल बनेपछि पुल संगै जोडिएका बाटा बिक्रिएकाले आवतजावतमा समस्या भएको बताए । उनले पुल भएर छुट्टिएका डगौरा र सितापुर जाने बाटोलाई पनि मर्मत गरिनु पर्ने बताए । उनले भने ‘पुल बनेर खुसि भएका छौ भने डगौरा र सितापुर बासिलाई भने दुर्घटनाको जोखिम बढेको छ ।’

कैलालीको गोदावरी नगरपालिका  १० मा निर्माण सम्पन्न भएको चाक्लेखोला पुलको बिहिबार सुदुरपश्चिम प्रदेश सरकारका भौतिक योजना मन्त्री दीर्घ बहादुर सोडारीले पुलको एक कार्यक्रमका बिच उद्घाटन गरेका थिए । पुलको उद्घाटन गर्दैै मन्त्री सोडारीले तत्कालिन गोदावरी गाविस र मालाखेती गाविसको टुटेको कडिलाई जोड्ने काम पुलले गरेको बताए । उनले सरकारले निर्माण गरेको पुल जनतालाई हस्तान्तरण गरेकाले अब यसको सुरक्षा स्थानीय जनताले गर्नुपर्ने बताए ।

‘चाक्लेखोला पुलको धेरै ठूलो कहानी छ । पानी आएपछि खोलामा पानी आउँदा बिरामी, सुत्केरीलाइ अस्पताल लैजान नै समस्या थियो’ उनले भने ‘अब प्रदेश सरकारले यस पुल भएर अत्तरिया फल्डुडे जोड्ने सडकको काम पनि अगाडी बढाएको छ । यस बर्ष मात्रै साढे १० करोड बजेट विनियोजन गरेका छौ ।’

उनले ओलानी क्षेत्रको विकासका लागि प्रदेश सरकार सधै संवेदनशिल भएको बताए । उनले चालु आर्थीक बर्षमा पनि धेरै योजना प्रदेश सरकारमार्फत ओलानी क्षेत्रमा बजेट विनियोजन गरिएको बताए ।

‘यो प्रदेशको राजधानीको ओझेल परेको क्षेत्र हो । अब यो क्षेत्र सबैभन्दा राम्रो क्षेत्र बन्नेछ’ उनले भने ‘बाटोघाटो, सिचाई, खानेपानी बनाउन सकेमा यो क्षेत्रमा राम्रो बन्छ ।’

उक्त पुल प्रदेश सरकार पुर्वाधार विकास कार्यालको १ करोड ७२ लाख १ हजार ७ रुपैयाँमा निर्माण गरिएको हो । पुल निर्माणका लागि २०७७ साल असारमा जय धनन्जय–रोहित जेभि बर्दिया संग ठेक्का सम्झौता गरिएको थियो । पुलको २०७७ असोज १८ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेका थिए ।

२६।१ मिटर लम्बाई भएको सो पुलको बिच भागको चौडाई ६ मिटर र २ दशमलव ४ मिटर चौडाईको किनारामा फुटपाट रहेको छ । १८ महिनामा निर्माण गर्ने भनिएको पुल कोरोना महामारीका कारण केही समय ढिलो गरि सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0