मृतक आस्थाको गोजीमा भेटियो ‘नारी’ शिर्षकको कविता


धनगढीः कैलालीस्थित धनगढीकी १६ वर्षीया किशोरी आस्था शर्मा सोमबार घरबाट बेपत्ता भइन्। उपमहानगरपलिकाको वडा नम्बर १३ की शर्माको शव शुक्रबार मोहना नदीमा भेटिएको छ। सोमबारदेखि प्रहरीका विभिन्न टोलीले उनको खोजी कार्य गरिरहेका थिए।

तर, शुक्रबार बिहान मोहना नदीमा बगिरहेको अवस्था उक्त शव फेला परेको कैलाली प्रहरीले जनाएको छ। शुक्रबार विहान भेटिएको उक्त शवको पहिचान गर्न भने एक कविता लेखेको कागजले मद्दत गरेको छ। प्रहरीले शव फेला परेपछि उनको ट्र्याकको गोजिमा एक कविता लेखिएको कागज भेटिएको हो।

कवियत्री आस्था शर्मा लेखिएको कागजमा ‘नारी’ शिर्षकको कविता लेखेको भेटिएको छ। ‘नारी कहिलै आमा हुन्छ। कहिलै बुहारी हुन्छ। कहिले छोरी हुन्छ। तर पनि नारीलाई यो समाजले सम्मान गर्न सकेको छैन’ उक्त कवितालाई उदृत गर्दै अनुसन्धानमा खटिएका एक प्रहरी अधिकरीले भने, ‘उक्त कवितामा नारीका पीडा लेखिएका छन्।’ मोहनामा भेटिएको उक्त शवमा चोटपटक भने नभेटिएको बताइएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0