कैलालीकी १२ वर्षीया बालिकाको डेंगुबाट ज्यान गयो


टीकापुर – कैलालीकी एक बालिकाको डेंगुबाट ज्यान गएको छ । जिल्लाको टीकापुर नगरपालिका ६ की १२ वर्षीया बालिकाको उपचारका क्रममा बुधबार बाँकेको भेरी अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ। बालिका १९ गते भेरी अस्पतालमा उपचारका लागि भर्ना भएकी थिइन्।

यसअघि धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की ३५ वर्षीया गीता शाहीको डेंगुका कारण ज्यान गएको हो।  शाहीको उपचारको क्रममा गत मंगलबार बिहान मृत्यु भएको थियो। पछिल्लो समय कैलालीमा डेंगुको प्रकोप बढर्दै गएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0