स्थानीय तहको चुनावी खर्च विवरण नबुझाएकालाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न आयोगको निर्देशन


काठमाडौं : निर्वाचन आयोगले स्थानिय तह निर्वाचन २०७९ मा उम्मेदवार बनेर खर्च विवरण नबुझाएकालाई ७ दिन भित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।

आयोगले बिहिबार एक सूचना जारी गर्दै कानुनले तोकेको ३० भित्र विवरण नबुझाएकाहरुलाई ७ दिन भित्र सफाइसहितको स्पष्टिकरण पेश गर्न निर्देशन दिएको हो।

नगर कार्यपालिका, गाउँ कार्यपालिका र जिल्ला समन्वय समितीको चुनावमा उम्मेदवार बनि खर्च विवरण बुझाएकाहरुका नाम बुधबार आयोगले सार्वजानिक गरेको थियो।

जारी सुचनामा भनिएको छ कुन कुन कारणले खर्चको विवरण नबुझाएको होरु करणसहित ७ दिन भित्र प्रदेश वा जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोग नेपालमा पेश गर्न भनेको हो ।

आयोगका अनुसार ८५ प्रतिशतले चुनावी खर्च बुझाएका छैनन्। निर्वाचन आयोगले हिजो निर्वाचन खर्च समयमै पेश गर्ने र खर्च विवरण नबुझाएका उम्मेदवारको नामावली सार्वजनिक गरेको थियो। गएको बैशाख ३० गते सम्पन्नं स्थानीय तहको निर्वाचनमा एक लाख ४५ हजार उम्मेदवार प्रतिष्पर्धामा थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0