भौतिक योजना मन्त्री दीर्घ बहादुर सोडारी ले आज चाक्लेखोला पुलको उद्घाटन गर्ने 


अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – १० मा निर्माण सम्पन्न भएको चाक्लेखोला पुलको आज उद्घाटन गरिने भएको छ । आज दिउँसो सुदुरपश्चिम प्रदेश सरकारका भौतिक योजना मन्त्री दीर्घ बहादुर सोडारीले पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

उक्त पुल प्रदेश सरकारको १ करोड ७२ लाख १ हजार ७ रुपियाँमा निर्माण गरिएको हो । पुल निर्माणका लागि २०७७ साल असोजमा जय धनन्जय÷रोहित जेभि बर्दिया संग ठेक्का सम्झौता गरिएको थियो । पुलको २०७७ असोज १८ गते तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरेका थिए ।

२५ मिटर लम्बाई भएको सो पुलको बिच भागको चौडाई ६ मिटर र २ दशमलव ४ मिटर चौडाईको किनारामा फुटपाट रहेको छ । १८ महिनामा निर्माण गर्ने भनिएको पुल कोरोना महामारीका कारण केही ढिलो गरि सम्पन्न भएको हो ।

पुल निर्माण पछि विशेष गरेर गोदावरी नगरपालिका १०, ११ र १२ का स्थानीयलाई अत्तरिया आउन सहज हुने छ । यसअघि चाक्लेखोलामा पुल नहुँदा बर्षादको समयमा आवतजावत रोकिने गरेको थियो । सो क्षेत्रका जनताले विगत ४ दशक देखि पुलको माग गर्दै आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0