डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा भट्टको उम्मेदवारी !


डडेल्धुरा: युवा व्यवसायी भोजराज भट्टले डडेल्धुरा उद्योग वाणिज्य संघको अध्यक्षमा उम्मेदवारी दिएका छन्। यहि भदौ २५ गते हुन गइहेको डडेल्धुरा उद्योग वाणिज्य संघको १२औं जिल्ला अधिवेशनमा भट्टले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्।

सफल उद्योग व्यवसायी तथा समाजसेवी भट्टले अध्यक्ष पदमा अमूल्य मत दिई आफूलाई विजयी गराउन सबै उद्योगी व्यवसायीहरूलाई आग्रह गरेका छन्। उनले व्यवसायिक हकहित प्रबर्द्धनका लागि निरन्तर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय सरकारसँग समन्वय गरी तत्काल फोहोर मैला, सिसि क्यामेरा जडान, सार्वजनिक शौचालय निर्माण तथा व्यवस्थापनको लागि पहल गर्ने, फलफूल, तरकारी व्यावसायिकका लागि छुट्टै स्थानको व्यवस्थाको पहल गर्ने, स्थानीय उत्पादन लाई प्रोत्साहन गर्दै तरकारी फलफूल र मासुको छुट्टै स्थानका लागि पहल गर्ने उनको प्रतिबद्धता छ।

यसका साथै उनले स्थानीय उत्पादित तरकारी फलफुल भण्डारणका लागि शीत भण्डारको निर्माणका लागि पहल गर्ने र निर्माणाधीन उद्योग ग्रामलाई यथाशीघ्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन समन्वय गर्ने, बजार क्षेत्रमा रात्रीकालीन चौकीदार तथा नगर प्रहरीको व्यवस्थाका लागि पहल गर्ने बताए।

सडक विस्तारका क्रममा विस्थापित हुने व्यवसायीहरुको व्यवस्थापनका लागि पहल गर्ने, मोबाइल एप्स तयार गरी उद्योगी व्यवसायीबीच सूचना प्रवाह गर्ने, लेखा प्रणाली र कर प्रणाली व्यवस्थित गर्न तालिम सञ्चालन गर्ने उनले प्रतिबद्धता जनाएका छन्।

यस्तै, स्थानीय कला संस्कृति तथा पर्यटन प्रबर्द्धनका लागि प्रत्येकवर्ष मेला महोत्सव आयोजना गर्ने तथा व्यवस्थित बसपार्क, सभाहल , सडक विस्तार, कृषि बजार निर्माणका लागि सम्बन्धित निकायसंग पहल गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0