दलित भन्ने थाहा पाए पछि पूजा गर्न नमान्ने पण्डित पक्राउमा


महेन्द्रनगर । महाकाली नदीको भुजेला घाटमा गत बिहीबार ऋषि पञ्चमीको दिन दलित समुदायका व्रतालु महिलाहरूको पूजापाठ गर्न अस्वीकार गर्ने पुजारीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । ऋषि पञ्चमीका दिन भुजेल घाटमा थर थाहा पाएपछि भीमदत्त नगरपालिका १० का पुजारी सहदेव भट्टले भगवान्ले जात छुटाएको भन्दै पूजापाठ गर्न अस्वीकार गरेका थिए । त्यस विरुद्ध पीडित भीमदत्त नगरपालिका ५ वन गाउँकी सज्नु नेपाली सहित महिलाले प्रहरी उपरीक्षक चौधरीलाई घट्नाबारे जानकारी दिएका थिए ।

    उनीहरू प्रहरी कार्यालयमा पुजारी विरुद्ध किटानी जाहेरी लिएर गएका थिए भने बिहीबार सार्वजनिक बिदाको दिन भएपछि उनीहरूको जाहेरी दर्ता गरिएको थिएन । पञ्चमीको दिन भुजेला घाटमा महिला र पुजारीबिच भएको कुराकानीको भिडियो बाहिर आएको थियो त्यसमा पुजारी भट्टले भगवान्ले नै जात छुट्टाएकाले आफूले पूजा गर्न नगर्ने स्पष्ट पारेका छन् ।पीडित नेपालीका अनुसार पूजापाठका लागि पुजारी भट्टसित गएका उनीहरूलाई सुरुमा गोत्र सोध्ने क्रममा थर बाहिर आएपछि उनले पूजापाठ नगर्ने बताएका थिए । त्यसपछि पुजारी र महिलाहरूबिच विवाद भएको थियो । विवादमा क्रममा महिलाहरू प्रहरी बोलाउन गएपछि उनी पूजा स्थल छाडेर भागेका थिए । घटना पछि कारबाहीको माग गर्दै पीडित र अधिकारकर्मी प्रहरी कार्यालय पुगेका थिए । गत आइतबार दुवै पक्ष बिच प्रहरी कार्यालय मै छलफल पश्चात् पीडित पक्षले सार्वजनिक रूपमा आफूहरू माथि भएको जातीय विभेद र अपमान सामान्य नभएको र यो सिङ समुदाय माथि कै प्रश्न भएको हुँदा आफूहरू कानुनी रूपमा नै जाने भने पछि प्रहरीले पण्डितलाई नियन्त्रणमा लिएको थियो । जाहेरी दर्ता गरी सम्बन्धित व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको तर कति दिन म्याद थपियो भन्न नमिल्ने प्रहरी उपरीक्षकले बताए का छन ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0