ब्यस्त भारतीय सेनाध्यक्ष पाण्डे : ( फोटो फिचर )

0
65
ef/tsf :yn ;]gfWoIf kf08] j[If/f]k0f ub}{ sf7df8f}F, @) ebf} M k|wfg;]gfklt k|e'/fd zdf{sf] lgdGq0ffdf g]kfnsf] kfFrlbg] e|d0fdf cfpg'ePsf ef/tsf :yn ;]gfWoIf dgf]h kf08] ;f]daf/ laxfg g]kfnL ;]gfsf] d'Vofno hËL c•fdf j[If/f]k0f ub}{ . t:jL/ M /Tg >]i7÷ /f;;

काठमाडौं । भारतीय सेनाध्यक्ष जनरल मनोज पाण्डेले प्रधानसेनापति प्रभुराम शर्मालाई विभिन्न सैन्य सामग्री हस्तान्तरण गरेका छन् । प्रधानसेनापति शर्माको औपचारिक निमन्त्रणामा पाँच दिने भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष पाण्डेले जङ्गी अड्डामामा प्रधानसेनापतिसँग भेटवार्तासमेत गरेका छन् ।

भेटवार्तापछि भारतीय सेनाध्यक्ष पाण्डेले प्रधानसेनापति शर्मालाई विभिन्न गैर घातक सैन्य सामग्री हस्तान्तरण गरेको नेपाली सेनाले जानकारी दिएको हो ।

सेनाध्यक्ष पाण्डेको सम्मानमा सैनिक मुख्यालय जङ्गी अड्डामा आज बिहान आयोजित समारोहमा सम्मान गारत अर्पण गरिएको छ । सो अवसरमा उनले जङ्गी अड्डा मूल भवन परिसरमा वृक्षारोपणसमेत गरेका छन् ।

यसअघि उनले सैनिक मञ्च टुँडिखेलस्थित वीरस्मारकमा पुष्पहार समर्पण गरी श्रद्धाञ्जली अर्पण गरेका थिए । सेनाध्यक्ष पाण्डेले नेपाली सेनालाई सहयोग सामग्री हस्तान्तरण गरेपछि अब, राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा भारतीय सेनाध्यक्ष पाण्डेलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन् । सेनाध्यक्ष पाण्डे नेपाल भ्रमणका लागि आइतबार यहाँ आएका हुन् ।

भारतका स्थल सेनाध्यक्ष पाण्डेलाई भेटघाट क्रममा

भारतका स्थल सेनाध्यक्ष पाण्डेलाई भेटघाट क्रममा

भारतका स्थल सेनाध्यक्ष पाण्डेलाई भेटघाट क्रममा
भारतका स्थल सेनाध्यक्ष पाण्डेलाई भेटघाट क्रममा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here