डडेल्धुराबाट एमालेमा संघ तर्फ बोहरा , प्रदेशमा चक्रस्नेहीर र गजेन्द्र शाही सिफारिस


अत्तरिया : डडेल्धुरामा नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवारहरु सिफारिस गरेको छ। मंसिर ४ गतेका लागि घोषणा गरिएको संसदीय निर्वाचनका लागि जिल्ला कमिटीको बैठकले आकांक्षी उम्मेदवारहरु सिफारिस गरेको हो।

सिफारिस हुनेमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ पठानसिंह बोहरा रहेका छन्। यस्तै प्रदेश ९क० मा निवर्तमान राष्ट्रिय सभा सदस्य समेत रहेका चक्रप्रसाद स्नेहि र ९ख० मा पूर्व जिविस सभापति गजेन्द्रबहादुर शाही सिफारिस भएका छन्। प्रतिनिधि सभामा सिफारिस भएका बोहरा सुदूरपश्चिम प्रदेश सभाका सांसद पनि हुन्। बोहरा यसअघि सुदूरपश्चिममा भौतिक पूर्वाधार विकास मन्त्री समेत भएका थिए। उनले २०७४ सालको निर्वाचनमा डडेल्धुरा प्रदेशसभा ९क० बाट चुनाव जितेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0