गोदावरी नगरपालिकाले निकाल्यो ७ दिने सूचना, सडकपेटीमा ठेलागाडा राख्न नपाइने


अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले सडक अतिक्रमण हटाउन ७ दिने सूचना निकालेको छ । बिहिबार गोदावरी नगरपालिकाले एक सूचना जारी गर्दै नगर भित्रका मूख्य सडक तथा सहायक सडकहरुको छेउमा राखेका निर्माण सामग्रीहरुका साथै पसल, फुटपात सडकपेटी किनारामा निर्माण गरिएका टिनको छानो (पाली) र सडकपेटीमा राखिएका मालसमान हटाउन ७ दिने सूचना जारी गरेको छ ।

नगरपालिकाले सडक अतिक्रमण हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै शुक्रबार देखि ७ दिन भित्रमा सडक खालि गराउन अनुरोध गरेको छ ।

साथै नगरपालिकाले सडकपेटिमा ठेलागाडा नराख्न समेत आग्रह गरेको छ । सूचनामा भनिएको छ ‘बजारमा रहेका ठेलागाडाहरु ल्याउँदा र लैजादा बाहेकको समयमा सडकपेटीमा राखी व्यापार गरेको पाइएमा ठेलागाडाहरुलाई नियमानुसार कार्वाही गरी माल समान समेत जफत गरिने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0