एमाले कैलालीका पूर्वअध्यक्ष थापाले गरे नागरिक उन्मुक्ति पार्टीमा प्रवेश


अत्तरिया :एमाले कैलालीका पूर्वअध्यक्ष रतन थापा रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् । स्थानीय तहको निर्वाचनमा चुनाव हराउन भूमिका खेलेको भन्दै एमाले प्रदेश कमिटीले थापालाई २४ असारमा अध्यक्ष पदबाट कार्वाही गरेको थियो । एमालेबाट कारबाहीमा परेका थापा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन ।

थापासहित राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा पूर्वसांसद कैयालाल चौधरी पनि नागरिक उन्मुक्तिमा प्रवेश गरेको सो पार्टीका नेता लक्ष्मण थारुले बताए ।
‘कैलालीमा कांग्रेस र एमालेबाट धेरै नेता कार्यकर्ता उन्मुक्ति पार्टीमा प्रवेश गर्दैछन्,’ उनले भने, ‘अहिले उहाँहरूका मागका विषयमा छलफल भइरहेको छ ।’ आगामी निर्वाचनबाट नागरिक उन्मुक्ति पार्टी देशको वैकल्पिक शक्ति बन्ने दाबी गरेका उनले प्रदेश, ५, ७ र २ मा आफ्नो पार्टीको सरकार बन्ने बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0