यस्तो छ कैलाली लगायत सुदुरपश्चिममा बन्दको प्रभाब ( फोटोफिचर )


अत्तरियाः नेपाल बन्दको प्रभाव धनगढीलगायत सुदूरपश्चिममा पनि परेको छ। नेत्रविक्रम चन्द ९विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ पार्टीले मंगलबारका लागि घोषणा गरेको नेपाल बन्दको प्रभाव धनगढीलगायत सुदूरपश्चिममा पनि परेको हो। यता धनगढीमा बिहानै देखी अत्यावश्यक सेवा वाहेक यातायातका साधन चल्न सकेका छैनन् भने पसल, उद्योग कलकारखाना, शैक्षिक संस्था लगायत बन्द छन्।कैलाली र कञ्चनपुरमा सामान्य रुपमा साइकल, मोटरसाइकल तथा अटोरिक्सा चलेपनी लामो दुरीका सवारी चल्न सकेका छैनन्। साथै आज बिहानैदेखि धनगढीलगायत सुदूरपश्चिमका प्रदेशका सडक र चोकहरुमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो रहेको छ। प्रदेशभरीका बस टिकट काउन्टर बन्द अवस्थामा छन्।यात्रुहरु गन्तब्यसम्ममा नपुग्दा अलपत्र अवस्थामा छन् । लामो तथा छोटो दूरीका सवारी साधन नचलेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले बताएको छ। यता आज बिहानै कैलालीमा दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका थिए । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ।अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले बताए। नेपाली सेनाको डिस्पोजल टोलीले गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडकखण्डमा रखिएको उक्त वस्तु डिस्पोज गरेको जनाएको छ।उता पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै रहेको शंकास्पद वस्तुलाई पनि निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको प्रहरीले जनाएको छ।

सरकारसँग भएको ३ बुँदै सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता, थुनाबाट मुक्त गर्नुपर्ने माग अगाडि सार्दै विप्लव नेतृत्वको नेकपाले मंगलबारका लागि देशव्यापी बन्दको घोषणा गरेको छ। यस्तै अमेरिकासँग गरिएको एमसीसी सम्झौता खारेज गर्नुपर्ने, महंगी नियन्त्रण गर्नुपर्ने लगायतका माग राखेर अन्य ३ पार्टीले बन्दमा समर्थन गरेका छन्। विप्लवको पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका हुन्। नेपाल बन्दको प्रभाव धनगढीलगायत सुदूरपश्चिममा पनि परेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0