कैलालीमा २ बालिकामाथि बलात्कार गरेको आरोपमा ६२ वर्षीय पुरुष पक्राउ


अत्तयिाः कैलालीमा २ बालिकामाथि बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ८ बचेलाका ६२ वर्षीय गणेशसिंह ठकुरी बलात्कार आरोपमा पक्राउ परेका हुन्।

प्रहरीका अनुसार गत महिना (साउन) ३१ गते उनले एक ७ वर्षीया र अर्की ९ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै उजुरी परेको थियो। भदौ ५ गते (हिजो) दुबै नाबालिका र उनीहरुका अविभावकले ईलाका प्रहरी कार्यालय लम्कीमा जाहेरी दिएका थिए।

जाहेरीपछि प्रहरीले आरोपित गणेशलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0