मरेको मान्छेलाई जीवित  हो भनि दाबी गर्ने कञ्चनपुरका एक जना पक्राउ 

0
22

अत्तरियाः मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाएको आरोपमा बुटवलमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुरका ३५ वर्षीय राजेन्द्र गोतामे रहेका छन्। बुटवल १२, बुद्धनगरस्थित होली क्यालभरी चर्चका पास्टर गोतामेले मृत्यु भएको भनिएका व्यक्तिलाई जीवित गराएको भन्दै भिडियो बनाएर सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

आरोपित गोतामेलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिए।

सोमबार बिहान ९ बजे चर्चमा गई उनलाई पक्राउ गरेको केसीले बताए। यद्यपि प्रहरीले उक्त भिडियोबारे सोधपुछ गर्दा पुरानो भिडियो भनिएको जनाएको छ। यसबारे प्रहरीले थप अनुसन्धान गर्ने जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here