बैतडीको सिगासमा युवायुवती मृत अवस्थामा फेला


बैतडी : बैतडीमा युवायुवती मृत अवस्थामा फेला परेका छन्। बैतडीको सिगास गाउँपालिका वडा नं ५ खयरकोटमा युवायुवती एकै रुखको हाँगोमा झुण्डिएको अवस्थामा फेला परेका बैतडी प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले २१ बर्षीय केशव दमाइ र १८ बर्षीय रमिता विक मृत फेला परेको बताए। बिहीबार उनीहरु झुण्डिएको अवस्थामा फेला परेका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक दुवैजनाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगीएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0