राणा र रानासंग प्रतिस्प्रधामा उत्रिएका लक्ष्मण, चुनाव जित्ने रणनितिमा

0
67

अत्तरिया: थारुहट÷थारुवानको पहिचालका लागि संघर्ष गर्दै आएका नेता लक्ष्मण थारुले कैलाली क्षेत्र नम्बर–५ बाट चुनाव लड्ने घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी धनगढीले बिहीबार धनगढीमा आयोजना गरेको पार्टी प्रवेस कार्यक्रम तथा प्रशिक्षण कार्यक्रमका अवसरमा थारुले कैलाली–५ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

थारु नागरिकको पहिचान र टिकापुर घटनाका अभियुक्त रेशम चौधरीको रिहाइका लागि आफुले कैलाली–५बाट चुनाव लड्ने र सहजै जीत हुने बताए । आफ्नो उम्मेदवारी नौलो नभई स्वभाविक भएको उनको भनाई छ । ‘राज्यको सम्पति दोहन गरेर ठुला दलका नेता पैशा र शक्तिको आडमा चुनाव लड्न सक्छन्, ‘उनले भने, ‘तर मतदाता अव पैसामा विक्ने वाला छैनन्, यहाँका मतदाताको पहिलो रोजाई ढकिया हो ।’

कैलाली, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही देखि झापा सम्म एक चरणमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो प्रचार सम्पन्न गरेको बताउँदै उनले भने, ‘यस विचमा कैलालीका गाउँ, टोलमा हामी गएका छौं, कैलालीमा सवैले नागरिक उन्मुक्ति पार्टी पहिलो विकप्ल हो भन्ने बुझि सकेको देखियो, यसले पनि हाम्रो जीत सुनिश्चित छ ।’
लक्ष्मण गत २०७४ सालको निर्वाचनपनि लडेका थिए । सो निर्वाचनमा एमालेका नारदमुनी राना र काग्रेंसकी आरजु राणा देउवासंग उनि पराजित भएका थिए । जनता समाजवादी पार्टीबाट चुनाव लडेका लक्ष्मणले ६ हजार ७ सय ४७ मत ल्याएका थिए ।

कैलालीको थारु बाहुल्य क्षेत्रमा दल नागरिक उन्मुक्ति पार्टी बलियो देखिएको छ । उक्त दलले स्थानीय तहको चुनावमा कैलालीमा ४ पालिका जितेको छ । यसकारण उक्त पार्टी कैलालीका कतिपय क्षेत्रमा निर्णायक शक्ति बन्न सक्छ ।

चुनावमा आफ्नो प्रतिद्वन्द्वी उम्मेदवारलाई दृष्टिगत गरी आरजुले चुनावी क्षेत्र रोज्ने चर्चा पनि छ । उनी प्रत्यक्ष चुनाव नलडी समानुपातिकमा जाने सम्भावना नभएको होइन । तर, यसपटक उनी प्रत्यक्ष चुनाव नै लडेर अझ शक्तिशाली बन्ने रणनीतिमा देखिएकी छिन् ।

नागरिक उन्मुक्ती पार्टीकी अध्यक्ष सञ्जिता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टी थारुको मात्र नभई पहिचानको खोजि गर्ने सवै नागरिकको पार्टी भएको बताइन् । ठुला दलले हतियार उठाएर हजारौं मान्छे मारेर राज्य चलाएको भन्दै उनले आफ्नो पहिचानको खोजि गर्न शान्तिपुर्ण आन्दोलन गरेका रेशम चौधरीलाई अपराधी बनाएर जेल हालेको आरोप लगाइन् ।

१७ हजार मान्छे मारेको माओबादी, ७ सालमा बन्दुक उठाएको नेपाली कांग्रेस र झापा आन्दोलनका नाममा मान्छेको घाँटी रेट्ने एमालेले ती घटनालाई राजनीतिक हो भन्दै दशको नेतृत्व गरिरहेका छन्,’ अध्यक्ष चौधरीले भनिन्, ‘तर आफ्नो पहिचान खोज्न शान्तिपुर्ण आन्दोलन गर्न थालेका थारुका छोरालाई जेल कोचिएको छ, यसको जवाफ जनताले आगामी संघ र प्रदेशसभाको चुनावबाट दिने छन् ।’ सरकारसंग न्याय मागदा नपाएको भन्दै उनले अव जनताले न्याए दिने बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here