एक साता भित्र सबै सहकारीले वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने


काठमाडौं : सहकारी विभागले सहकारी संस्थालाई एक हप्ताभित्र वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ ।

विभागले सम्पूर्ण सहकारी संस्थालाई एक साताभित्र सार्वजनिक सूचना प्रकाशन गरेर सदस्यहरुलाई संस्थाको वित्तीय विवरण जानकारी गराउन निर्देशन दिएको हो ।

संस्थाले शेयर पुँजी, जगेडा कोष, कुल सम्पत्ति, कुल बचत, लगानीमा रहेको कर्जा, कुल शेयर सदस्य संख्या, कुल ऋणी सदस्य, तरलता रकम र प्रतिशत, कुल संस्थागत पुँजी र विभिन्न कोषहरुमा रहेको रकमबारे शेयर सदस्यलाई जानकारी गराउनुपर्ने निर्देशनमा उल्लेख छ ।

यसरी विवरण सार्वजनिक गरेपछि हरेक महिना पनि विवरण सार्वजनिक गर्नुपर्ने निर्देशनमा उल्लेख छ । विभागले साउन ३१ गते निर्देशन जारी गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0