अत्तरिया : सुदूरपश्चिमेलीको महान चाड ओल्के पर्ब सबैतिर मनाइरहेका थिए । ओल्के पवृ छोडेर रोजगारीकै लागी बझाङको बुङ्गल गाउँपालिकाका ६ जना दार्चुलाको बाटो हुँदै भारत जान लागेका थिए । ओल्के पर्व समेत नमनाएरै भारत हिँडेका उनिहरु रोजगारी गर्नुपर्ने ठाउँमा नपुग्दै दुर्घटनामा परे ।
बोलेरो जिप चढेर दार्चुला सदरमुकामतर्फ गइरहेका उनिहरु दुर्घटनामा परे । दार्चुलाको शैल्यसिखर नगरपालिका वडा नम्बर ६ मा जिप पल्टियो र ६ जना मध्ये ५ जनाको घटनास्थलमै ज्यान गयो ।