नेपाल समाजवादी पार्टी गठनमा सुदूरपश्चिम भेला, प्रदेश अध्यक्षमा बडु


अत्तरिया: नेपाल समाजवादी पार्टी सुदूरपश्चिमको भेला सम्पन्न भएको छ । भेलाले ९९ सदस्यीय प्रदेश कमिटि चयन गरेको हो । जनता समाजवादी पार्टीबाट अलग भएपछि बाबुराम भट्टराई तथा महेन्द्र राय यादव नेतृत्वमा नेपाल समाजवादी पार्टी गठन भएको थियो ।

पार्टी पुनर्गठन प्रदेश भेलाले मिन राज बडुको अध्यक्षतामा ९९ सदस्यीय प्रदेश कमिटि गठन गरेको हो । पार्टीको प्रदेश उपाध्यक्षमा हरि प्रसाद तिमिल्सीना, बिनोद चन्द, सिता नागरी, दिनेश बिष्ट चयन भएका छन् । यस्तै मुख्य सचिवमा राजाराम चौधरी, सचिवमा डम्मर पाण्डे, गगन बिक, कोषाध्यक्षमा सुरेन्द्र यादव सहित ९९ सदस्यीय प्रदेश कमिटि चयन गरेको प्रदेश अध्यक्ष मिन राज बडुले जानकारी दिए । प्रदेश कमिटि गठन संगै जिल्ला भेलाहरुलाई तिब्रता दिने बडुले बताए । a

हामी अब आफ्नो पार्टीलाई बिस्तार गर्ने, जिल्ला भेला गर्ने देखी लिएर आम जनताका मुद्धा बोकेर अगाडी बढ्ने छौँ बडुले भने “यहाँ प्रदेश सरकार कहाँ छ खोज्नुपर्ने बेला आएको छ, कतै भ्रस्टाचार भएको छ भने प्रदेशको बजेट हो भन्ने सुनिन्छ राम्रा काममा प्रदेशको उपस्थिती शुन्य छ यस्तो प्रदेश सरकारका भ्रस्टाचारी कदमको हामी भण्डाफोर गर्ने छौँ गलत कामका तथ्य लिएर जनतालाई देखाउने छौँ ।” प्रदेश मात्रै नभएर स्थानिय तहमा पनि भ्रस्टाचार र बेथिती धेरै छ उनले भने “हामी सबै क्षेत्रमा पुग्ने छौँ र बेथिति अन्त्य गर्ने अभियानमा जनताहरुसंगै हुने छौँ ।”

भेला सम्पन्न भए पश्चात पत्रकार सम्मेलनमा बोल्दै नेपाल समाजवादी पार्टीका कार्यकारिणी सदस्य तथा सुदूरपश्चिम ईन्चार्ज डा.जनक राज शाहले पार्टी बिधिसम्मत तरिकाले नचलेपछि पुनर्गठन गर्नुपरेको बताए । पार्टीमा सुशासन कायम नभएपछि नेपाल समाजवादी पार्टी पुनर्गठन गर्नुपरेको उनले बताए । देशभरीमा आफ्नो पार्टीको राम्रै उपस्थिती भएका कारण आउने चुनावमा राम्रो उपस्थिती हुने उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0