नेपाली सेनाका कारण अत्तरिया बसपार्क निर्माणमा अन्यौलता


अत्तरियाः  कैलालीको गोदावरी नगरपालिका – २ अत्तरियामा अवस्थीत बसपार्क रहेको जमिन हाल सेनाको मातहतमा छ ।सेनाको मातहतमा भएपनि सेनाले प्रयोगमा नल्याएका कारण अहिले पनि सो बसपार्क नगरपालिकाले सञ्चालन गरीरहेको अवस्था छ । तर, सेनाले प्रयोगमा नल्याएपनि बसपार्क निर्माणको बाधकका रुपमा भने सेना नै देखिएको छ । प्रदेशकै मुटुमा अवस्थीत हुनाले पनि अत्तरिया बसपार्कको महत्व बढी छ ।

उनले भने ‘प्रधानमन्त्री कार्यालयबाट हाम्रो मागपत्र तोक लागेर आवश्यक कारबाहीको लागि भनेर रक्षा मन्त्रालयमा गईसकेको र रक्षा मन्त्रालयमा दर्ता भएर त्यहाँबाट अहिले नेपाली सेनाको जंगी अड्डाका प्रधानसेनापतीको हातमा पुगिसकेको अवस्था छ’ उनले भने ‘यसको प्रोसेस केही लामो छ, तर जतिपनि कार्य भएका छन, सबै सकारात्मक रुपले अगाडी बढीरहेका छन ।’ उनले तेघरीमा रहेका सेना प्रमुखसँग पनि आफुले आग्रह गरिसकेको बताए । ‘समग्र अत्तरियाको विकासलाई रोकेर त्यो ठाउँलाई ओगट्न भएन, तपाईहरुको आवश्यक कुरा भए अन्यन्त्र व्यवस्थापनका लागि तयार छौ भनेर मैले सेनाका प्रमुखहरुसँग भन्दै आएको छु’ उनले भने ‘उहाँहरुले निर्णय दिन नसकेपनि विकास रोक्ने कुरामा उहाँहरु पनि हुनुहुन्न ।’

अत्तरिया बजारको मुख्य क्षेत्र पूर्व रोड वनखेतदेखि पहाड रोड अत्तरिया बसपार्क, लामिताल सहित उत्तरी क्षेत्रभित्र पर्ने करिब साढे १७ हेक्टर जमिन नेपाली सेनाको नाममा छ । उक्त जमिनमा बसपार्क को तल्लो क्षेत्रका ६१ घरधुरी पनि पर्दछन । तत्कालिन राजा ज्ञानेन्द्रको शासन कालमा २०६१ सालमा उक्त क्षेत्र नेपाली सेनाको नाममा राखिएको बताइएको छ ।

गोदावरी नगरपालिकाले सोही जग्गामा बसपार्क निर्माण गर्ने योजना बनाएपछि मात्रै उक्त क्षेत्र सेनाको नाममा रहेको खुलेको थियो । बसपार्कको स्तरोन्नतीका लागि नगरपालिकाले उक्त जमिन चलनभोग गर्न चाहेको छ । तर भोगाधिकार नहुँदा बसपार्क निर्माणको कार्यमा भने अन्यौलता छाएको छ ।

लामीताललाई पर्यटकिय स्वरुप दिन पनि जमिन आवश्यक

नगरप्रमुख भट्टले लामीताललाई पर्यटकिय स्वरुप दिन पनि सो जमिन नगरपालिका मातहत हुनुपर्ने बताए । उनले पर्यटकिय विकाशले नगरपालिकाको आर्थिक समृद्धिमा टेवा पुग्ने हुँदा लामीताललाई व्यवस्थीत गरेर पर्यटकिय स्वरुप दिने तयारीमा नगरपालिका रहेको र त्यसका लागी उक्त जमिन नगरपालिकाले आफु मातहत ल्याउन चाहेको उनले बताए ।

‘नगरपालिकासँग निश्चित बजेट हुन्छ, उनले भने ‘उक्त बजेटले सबै नगरबासीका आवश्यकताहरु पुरा गर्न गाह्रो हुन्छ, त्यसैले नगरको राजश्व बढाउन पर्यटकिय क्षेत्रको विस्तारीकरण गर्न आवश्यक रहेको छ ।’

उनले लामीताल पनि पर्यटकिय क्षेत्र भएको र त्यसलाई व्यवस्थीत गरे नगरपालिकाको आम्दानीको स्रोतमा वृद्धि हुने बताए । जसले गर्दा नगरबासीका आवश्यकता अनुसारका कार्यहरु नगरले गर्न सक्ने उनले बताए । नेपाली सेना मातहत जमिन हुँदा लामीताललाई पनि व्यवस्थीत गर्न नसकिएको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0