महानगरपालिका शिक्षा विभागले निजी विद्यालयलाई गर्यो छात्रवृत्तिको विवरण टाँस्न निर्देशन

0
16
Illustration: Ratna Sagar Shrestha/ THT

काठमाडौं : काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई छात्रवृत्तिको सूचना विद्यालयको सूचना पाटीमा टाँस्न निर्देशन दिएको छ ।

Illustration: Ratna Sagar Shrestha/ THT

महानगरपालिका शिक्षा विभागले यसअघि साउन २२ गते नै संस्थागत विद्यालयहरुले विद्यालयमा अध्ययनरत कक्षा ११ र १२ मा भर्ना भएका कूल विद्यार्थी संख्याको १० प्रतिशत नघट्ने गरी नियमानुसार समावेशी आधारमा छात्रवृत्ति वितरणको लागि सूचना पाटीमा सूचना टाँस गर्न पत्राचार गरेको थियो ।

उक्त सूचनाको आधारमा अभिभावकबाट आवेदन लिई भदौ १५ गतेभित्र छात्रवृत्तिको व्यवस्था गर्न सूचित गरेपनि कतिपय विद्यालयहरुले हालसम्म पनि सूचना टाँस प्रचार नगरेको गुनासो परेपछि महानगर शिक्षा विभागले पुनः निर्देशन दिनुपरेको शिक्षा अधिकारी रामप्रसाद सुवेदीले जनाएका छन् ।

शिक्षा अधिकारी सुवेदीले सबै वडा कार्यालयहरुलाई सम्बन्धित वडा अन्र्तगतका विद्यालयहरुमा नियमानुसार छात्रवृत्ति छनोट गरी विवरण पठाउने व्यवस्था गर्न निर्देशन गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here