गोदावरीको हरैयामा हेलिप्याड सहित १५ तलाको फाइभ स्टार होटेल बन्ने


अत्तरिया : गोदावरीको हरैयामा १५ तलाको फाइभ स्टार(पाँच तारे) होटेल बन्ने भएको छ । सुदुरपश्चिमलाई सुन्दरपश्चिम बनाउने अभियानलाई साथ दिन एक निजी कम्पनीले होटेल खोल्न लागेको छ ।

होटेलको शनिबार एक कार्यक्रमका बिच नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शंशाक कोइरालाले शिलान्यास गरे । उनी प्रभु एअरको निजी हेलिकोप्टरबाट होटेलको शिलान्यास गर्न यहाँ आएका हुन ।

गोदावरी ७ मा रहेको २३ बिगाहा जग्गा खरिद गरेको पोखराको आईडिया ग्रुपले आईडिया होटेल एण्ड क्यासिनो खोल्न लागेको हो । उसले २ बिगाहामा होटेल खोल्ने भएको छ ।

होटेल नेपाल कै ठुलो हुने आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठको दाबी रहेकोछ । होटेलमा १५० वटा कोठा रहने छन । कम्पनीले होटेलमा २ अर्ब भन्दा बढि लगानी लाग्ने दाबी गरेको छ । भारतिय ग्राहकलाई लक्षित गर्दै आधुनिक क्यासिनो पनि होटेलमा रहने छ । होटेलको १५ औँ तलामा हेलिप्याड निर्माण गरिने कम्पनीले जनाएको छ ।

होटेल संगै उक्त जमिनमा कम्पनीले अत्याधुनिक आईडिया सिटी पनि बनाउने योजना सार्बजनिक गरेको छ ।यो ग्रुपमा गैरआवासीय नेपालीको मुख्य लगानी छ। मुख्य लगानीकर्ता अइडिया ग्रुप रहे पनि पोखराको सौभाग्य रियल स्टेट एन्ड कम्पनीको समेत होटलमा लगानी रहनेछ। शिलान्यास कार्यक्रममा गोदावरी नगरपालिकाका जनप्रतिनिधी, स्थानिय ब्यबसायी र अन्य स्थानियको सहभागिता रहेको थियो ।

होटेल बनेमा यस क्षेत्रमा ठुलो रोजगारी सृजना हुनुका साथै यस क्षेत्रको ब्यापार ब्यबसायमा ठुलो योगदान हुनेमा स्थानियले विश्वास लिएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0