कैलालीको मोहन्यालका अधिकृत विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर


अत्तरियाः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा क्षेत्रीविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।बुढा क्षेत्रीले रकम भुक्तानी दिने क्रममा सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिंदै गरेको अवस्थामा १ साउनमा पक्राउ गरिएको अख्तियारको दाबी छ।

अनुसन्धानको सिलसिलामा उनले सामानको बिल भुक्तानी गर्नका निम्ति सेवाग्राहीसँग घुसररिसवत माग गरी १४ हजार रुपैयाँ बैंक खातामा ट्रान्सफर गर्न लगाएको र ३० हजार साथबाट बरामद भएको पुष्टि भएकाले ४४ हजार रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । आयोगले बैंक ट्रान्सफर र बरामद रकमलाई बिगो कायम गर्दै जरिमाना र कैद सजाय हुन मागदाबीसहित अभियोगपत्र दायर गरेको हो।अदालतबाट घुस लिएको ठहरिएमा अभियुक्तले राज्यबाट पेन्सन सुविधा पाउने छैनन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0