ठेला ब्यबसायीहरुको स्थायी ब्यबस्थापन गरीदिन गोदावरी होटेल ब्यबसायी संघको माग


अत्तरिया -गोदावरी होटेल ब्यबसायी संघले ठेला ब्यबसायीहरुको उचित ब्यबस्थापन को माग गरेको छ । उसले आज गोदावरी नगरपालिकाका मेयर ,वडा नम्बर १ र २ का वडा अध्यक्षलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो ।

संघकी अध्यक्ष धना देबी चोखालले ठेला ब्यबसायीहरुका कारण होटेल ब्यबसायीलाई समेत मार परेको दुखेसो पोखिन । उनले ठेला ब्यबसायीको कारण सडकमा ट्राफिक ब्यबस्थापनको समस्या, गाडीहरुको दुर्घटनाको जोखिम पनि उत्तिकै रहेकाले यो समस्याको स्थायी समाधान खोजिनु पर्नेमा संघको जोड रहेको बताईन ।

गोदावरी नगरपालिकाका निबर्तमान जन प्रतिनिधीहरुले अत्तरियामा रहेका ठुला सँख्याका ठेला ब्यबसायीहरुलाई हटाएको थियो । त्यसपछि बजारमा ठेलाको सँख्या न्युन रहेको थियो । तर अहिले अत्तरिया बजारमा फेरी ठुलो सँख्यामा ठेला ब्यबसायीहरुले ब्यबसाय गरिरहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0