सरकारी स्कुलमा पढेका डोटीका धरणिधर भट्ट कैलाली बहुमुखी क्याम्पसबाट बने ‘टियु टपर’ !


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको बिबिएम तेस्रो सेमेस्टरमा धरणिधर भट्ट सर्वाेत्कृष्ट अङ्क ल्याउन सफल भएका छन् ।

कैलाली बहुमुखी क्याम्पसमा अध्यनरत भट्टले त्रिभुवन विश्वविद्यालयको बिबिएम तेस्रो सेमेस्टरमा अहिलेसम्मकै सर्वाधिक अंक ३.९८ जिपिए ल्याएर ‘टियु टपर’ बन्न सफल भएका हुन् ।

डोटीको शिखर नगरपालिका -१ कपल्लेकी घर भएका भट्ट त्रिभुवन विश्वविद्यालयको बिबिएम प्रथम सेमेस्टरमा ३.८८ जिपिए र दोस्रो सेमेस्टरमा ३.९६ जिपिए ल्याएर ‘टियु सेकेन्ड टपर’ बनेका थिए । भने बिबिएम तेस्रो सेमेस्टरमा अहिलेसम्मकै सर्वाधिक अंक ३.९८ जिपिए ल्याएर ‘टियु टपर’ बन्न सफल भएका हुन् ।

भट्टले माध्यामिक शिक्षा डोटीको शिखर नगरपालिका स्थित केदारेश्वर माध्यामिक विद्यालयबाट पढाई हासिल गरेका थिए । भने पछि उनी धनगढीमा अंकलको घरमा बसेर +२ र स्नातक तह कैलाली बहुमुखी क्याम्पसमा अध्ययन गरेका हुन् ।

‘आज अत्यन्तै खुसी भएको छु, सरकारी स्कुलबाट पढाई सुरु गरेर टियु टप गर्न सफल भए । यो उपलब्धि मेरो हात समाइ सिकाउने गुरु मेरो प्रेरणाको श्रोत केदारेश्वर माध्यामिक विद्यालयका प्राध्यानापक गगन सिंह कार्की साथै अरु गुरुजनमा हार्दिक आभारी छु, भने मलाई पढाईमा हौसला, साथ दिने आमाबुबा, अंकलआन्टीप्रती सधैव आभारी छु। उनले भने,

‘साथै अरु गुरुहरुको छत्रछायामा हुर्केको र गुरुको अर्ति उपदेश मेरो लागि सधै एक अँध्यारो पछ्याउने बत्ती हुनेछ’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0