मंसिर ३ गतेसम्म १८ वर्ष पुग्नेले चुनावमा भोट दिन पाउने,मतदाता नामावली साउन ३१ मा प्रकाशित हुदै


काठमाडौं  : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा फोटोसहितको मतदाता नामावलीमा नाम भई मंसिर ३ गतेसम्म १८ वर्ष उमेर पुग्नेले मतदान गर्न पाउने भएका छन्।

निर्वाचन आयोगले मतदाताको उमेरसम्बन्धी अन्तिम मिति तय गर्दै सो निर्णय गरेको हो। मंसिर ४ गते मतदान हुँदैछ। तर त्यसका लागि फोटोसहितको मतदाता नामावलीमा भने नाम भएको हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ । गएको साउन १९ गतेसम्म फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएकाले मात्रै मतदान गर्न पाउनेछन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चुनावको मिति घोषणा भएको दिन अर्थात गएको १९ गतेसम्म सङ्कलन भएको र मतदान हुने मितिभन्दा अघिल्लो दिन मंसिर ३ गतेसम्म १८ पर्ष पुग्ने व्यक्तिहरुको मतदाता नामावलीलाई अद्यावधिक गर्ने तथा दाबी विरोधको प्रक्रिया सुरु भएको छ ।

‘नामावलीमा भएको त्रुटि सच्याउने, कसैले भुटा विवरण दिइ नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदसयको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषयहरू कार्यक्रममा समावेश गरिएको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

नामावली अद्यावधिकका लागि इमेल, फ्याक्स तथा अनलाइनबाट समेत निवेदन दिन पाइने छ । आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया पूरा गरी भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशित गर्ने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0