राष्ट्रिय स्वतन्त्र पार्टी गोदावरीको सभापतिमा पूर्णबहादुर चन्द चयन


अत्तरिया : कैलालीको गोदावरीमा नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले भेला सम्पन्न गरेको छ । सोमबार गोदावरी नगरपालिकामा रवि लामिछाने ले नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीले नगरस्तरीय भेला सम्पन्न गरेको हो ।

भेलाबाट पूर्णबहादुर चन्दको सभापतित्वमा ८ सदस्यीय नगर समिति गठन गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदेश सचिव भोजराज जोशीले जानकारी दिए ।

गोदावरीको नगर समितिको सभापतिमा पूर्णबहादुर चन्द चयन भएका छन भने केहिदिन भित्रै वडा वडामा वडा कार्यसमितीहरु गठन गरिने नव निर्वाचित नगरसभापति पूर्ण बहादुर चन्दले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0