बैतडीमा एक युवक मृतअवस्थामा फेला


बैतडी  – बैतडीमा एक जना युवक मृत फेला परेका छन् । शुक्रबार जिल्लाको सुर्नया गाउँपालिका वडा नं ७ का ३७ वर्षिय रघुबिर कुवँर मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता लोक राज जोशीले जानकारी दिए ।

वडा नं ७ रौत गाउँको गोराखला टोल घर भएका कुँवर शुक्रबार विहान वडाको घंराड भन्ने ठाउँमा मृत भेटिएका प्रहरीले बताएको छ । मृत फेला परेका कुवँरको शब अहिले पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको र पोष्टमार्टम गरिने प्रहरी प्रवक्ता जोशीले बताए ।

पारिवारिक स्रोतका अनुसार उनि बिहीवार दिउँंसो घरचाहिने सामान किन्नका लागि स्थानीय चौथाली बजार गएका थिए । बिहीवार दिउँसो घरबाट बजार गएका कुवँर बिहान मृत अवस्थामा फेला परेक हुन् । मृतका घरमा श्रीमती, दुई छोरा र दुई छोरी रहेका बताइएको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0